प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ। विराटनगरमा फागुन १ र २ गते पार्टीको क्षेत्रीय अधिवेशन तोकिएकाले उक्त मितिमा प्रतिनिधिसभाको बैठक नराख्न आग्रह गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो।