काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ। फागुन २ गते बस्ने भनिएको बैठक एमालेले स्थगित गर्न आग्रह गरेको हो।
एमालेले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन डाकेको छ। सोही कारणले गर्दा बैठक सार्न आग्रह गरेको हो। एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक सार्ने बारेमा प्रतिनिधि सभाका सचिव र महासचिवलाई जानकारी समेत गराइएको छ।