काठमाडौं १३ मा एमाले र १७ नम्बरमा कांग्रेस विजयी

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनेक्रममै छ। पछिल्लो मत परिणाम अनुसार महानगर-१३ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। वडा नम्बर १८ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भएका हुन्। वडा सदस्यमासमेत सबै एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै हाठमाडौं […]

सम्बन्धित सामग्री

काठमाडौं-१३ मा एमाले र १७ मा कांग्रेस विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।महानगरको वडा नम्बर( १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भए। वडा सदस्यमा पनि सबै एमालेका उम्मेदवार नै विजयी भए। यस्तै १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन्।काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। क

गरुढाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं : रौतहटको गरुडा नगरपालिकाको प्रमुखमा एमालेमा कन्थमनिप्रसाद कलवार निर्वाचित भएका छन्।  नेकपा एकीर्कत समाजवादीका बृजकिशोर प्रसाद यादवलाई ३८ मतान्तरले पराजित गर्दै  कलवार मेयरमा निर्वाचित भएका हुन्।कलवारले ४५६४ पाए भने यादवले ४५२६ पाएका छन्।त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेकी पुनम चौधरी ६५०३ ल्याएर निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी बिन्दुकुमारी देवीले ४४७७ प्राप्त गरिन्।

काठमाडौं-१८ मा एमाले र १९ मा कांग्रेस विजयी

काठमाडौं :  काठमाडौं महानगरपालिका–१८ को अध्यक्षमा नेकपा एमाले र १९ मा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्। काठमाडौं-१८ मा नेकपा एमालेका उम्मेदवार न्हुछेकाजी महर्जन विजयी भएका छन्।  महर्जनले १ हजार २९३ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजन महर्जनले ७७१ मत मात्र प्राप्त गरेका छन्। यस्तै वडानम्बर १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ विजयी भएका छन्। उनले १ हजार २ सय

ललितपुरको महालक्ष्मीमा मेयर एमाले र उपमेयर कांग्रेस विजयी

७ जेठ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन विजयी भएका हुन् । मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए । […]

ढोरपाटनको मेयरमा एमाले  र उपमेयरमा कांग्रेस विजयी

३ जेठ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन् । ५७३५ मतका साथ नेपाली पुन: मेयरमा दोहोरिएका हुन् । उघिल्लो पटक पनि उनी मेयरमा निर्वाचित भएका थिए । नेपालीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५१३५ मत ल्याए । उपमेयरमा भने नेपाली कांग्रेसका धनबहादुर कायत ५६५० मतका साथ विजयी भएका […]

सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् । हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा […]

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

२ जेठ, काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकी विसुदेवी नाथ विजयी भएका छन् । एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३७४७ मत पाएका छन् भने बुढाले ३५५८ मत पाएका छन् । यस्तै, उपाध्यक्ष पदमा कांग्रेसका विशुदेवी नाथले एमालेकी मनदेवीकुमारी खड्का (वली) […]

सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

काठमाडौं, २ जेठ । सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा खिलराज बस्नेत र उपाध्यक्षमा अञ्जु नाछिरिङ राई विजयी भएका हुन् । बस्नेतले १६४८ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का प्रकाश कार्कीले १५२० मत ल्याए । त्यस्तै, माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन् […]

अछामको ढाकरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेलाई हराउँदै कांग्रेस विजयी

काठमाडौं, २ जेठ । अछामको ढाकरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्धवार प्रकाशबहादुर साउद विजयी भएका छन्। साउदले ३१८१ मत ल्याएर विजय हाँसिल गरेका हुन् । उनले नेकपा (एमाले) का धर्मबहादुर शाहीलाई पराजित गरेका हुन्। शाहीले भने २५५५ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी नेत्रकला देवी शाही विजय भईन् । उनले ३१०० मत प्राप्त गरिन् […]

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन बिजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी […]