जनकपुरधाम : मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले निराशावादी भएर समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन्।बिहीबार जनकपुरधाममा मिडिया काउन्सिल मधेश प्रदेश समितिले आयोजना गरेको पत्रकार तथा सञ्चार माध्यम आचार संहिता मधेश प्रदेश २०७९ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्ताे बताएका हुन्।मन्त्री साहले सञ्चार ऐनमा संशोधनको प्रस्ताव सञ्चार जगतको सुधारका लागि ल्याएकाे र अझै कुनै संशोधनका लागि सुझाव भए ल्याउन आग्रह समेत गरे।मन्त्री साहले प्रदेश सरकारले सञ