कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेका छन् । मन्त्रालयद्वारा  आज आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे । उनका अनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले उनले कोभिडबारे सकार...