धनुषाका अधिकांश स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेस कार्यकर्ताको आक्रमणले एमालेका चारजना घाइते भएका छन् । शनिबार मध्यराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ । झडपमा घाइते एमाले कार्यकर्ता इन्द्रकुमार पासवान, अरविन्द पासवान, प्रल्हाद पासवान र वीरेन्द्र राउत घाइते भएका हुन् । इन्द्रकुमारको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रल्हाद एमालेबाट महिला वडा सदस्य पदकी उम्मेदवारका छोरा हुन् ।