विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाइँदै

काठमाण्डाै – देशका धेरै ठाउँमा शान्तिपूर्ण मतदान भइरहे पनि केही ठाउँमा विवाद र झडपका घटना भएका छन् ।  विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीबाट छिट्टै पुग्न नसकिने ठाउँमा हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।  पालिका चुनावलाई व्यवस्थित र शान्तिपूर्ण बनाउने प्रयास भइरहे पनि केही ठाउँमा भइरहेका झडप र विवादले वातावरण बिथोलेको छ । चुनावको सुरक्षाका लागि सेना, ...

सम्बन्धित सामग्री

मलंगवामा झडप भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको हो । मध्यरातबाट अवस्था सामान्य भएपनि आज बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन […]

पीडक डाक्टरलाई कारबाहीको माग गर्दा झडप‚ ५ सुरक्षाकर्मी घाइते

जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका कार्यालयमा झडप भएको छ। निहारिका राजपूतसहितको समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना दिएका वेला झडप भएको थियो।उनीहरू तोडफोडमा उत्रिँदा अवस्था नियन्त्रणमा लिने क्रममा झडप भएको र झडपमा तीन सुरक्षाकर्मी घाइते समेत भएको महोत्तरी प्रहरीले जानकारी दियो। महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार  निहारिका राजपूतलगायत प्रदर्शनमा उत्रिँदा झडप भएको हो।त्यस क्रममा नगरप्रहरी कृष्ण पण्डित, गंगाराम राय

इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप : भिड तितरबितर पार्न प्रहरीले गोली चलायो

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो । गैरसरकारी सं...

रसुवामा प्रहरी र स्थानीयवासीबीच झडप, आठ सुरक्षाकर्मी घाइते

रसुवा : उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित सुरक्षाकर्मी घाइते भएका छन्।गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो। झडपमा दुई प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भएका हुन्। घाइते हुनेमध्ये तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु, ४ घाइते

काठमाडौं । भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच झडप भएको छ । प्रधानमन्त्री मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी […]

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ सुरक्षाकर्मी सहित १६ जना घाइते

काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ९८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो । झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् […]

बालिका मृत्युको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नौ जना सुरक्षाकर्मी घाइते

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नौ जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवको मृत्यु भएको थियो ।मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहाय

पूर्वमन्त्री प्रभु साह सहभागी नगर सभामा झडप, ३७ सुरक्षाकर्मी घाइते

पूर्वमन्त्री प्रभु साह सहभागी रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा झडप भएको छ । नगर सभाभित्र भएको झडप बाहिर पुग्दा प्रहरी र सर्वसाधारणबीच समेत झडप भएको छ । झडपमा ३८ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम साहले जानकारी दिए । घाइतेमा १२ जना नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरी रहेका छन् । उनका अनुसार झडपलाई नियन्त्रणमा लिन २३ राउन्ड अश्रुग्यास, १४ राउन्ड हवाइ फायर समेत गरिएको छ । राजनीतिक विवादले नगर सभामा झडप हुँदा स्थिति अनियन्त्रित भएर हिंसात्मक झडपको स्थिति बनेको प्रहरीले जना...

युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप

काठमाण्डाै - युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ । ११ दिन लामो हिंसात्मक गतिविधिपछि दुवै पक्षले हिजो बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिनु भएको छ । ११ दिन चलेको हिंसात्मक द्वन्द्वमा कम्तीमा एक सय जना बालबालिका र महिलासहित दुई सय ३२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका छन् ।