श्रीकृष्ण सिम्खडाका कविताहरू : पाना–पानामा व्यंग्य !

हाँस्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले लगातार ३० वर्षसम्म आवाजमार्फत प्रतिभा देखाए । उनले चर्चित व्यक्तिको आवाज नक्कल (क्यारिकेचर) गरेर दर्शक र श्रोतालाई मनोरञ्जन मात्रै दिएनन्, विभिन्न सामाजिक अभियानमा पनि सहभागी भएर सुधारका प्रयास गरे । कलाकार सिम्खडा अब श्रव्यदृश्यमा मात्रै सीमित रहेनन्, उनले लेखन काव्य समेत प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिम्खडाका कविताहरू’ पुस्तक उनको पहिलो काव्य हो । २०३२ असोज २४ गते काठमाडौंको सुन्दरीजलमा जन्मिएका श्रीकृष्ण लगातार ३० वर्षदेखि हाँस्यव्यंग्य क्षेत्रमा छन् । उनले कलाकारिताबाट...

सम्बन्धित सामग्री

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको मजाक

काठमाडौं। हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आईतवार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रममा प्रश्तुती दिने क्रममा कानुनमाथि मजाक गरेका छन्। शुरुवाती प्रस्तुतीमा उनले म्युजिक अवार्डका निर्णयक स्वरुपराज आचार्यमाथि केही व्यंग्य गरे। त्यसपछि उनले शंकर थापाप्रति उनको व्यंग्य थियो। त्यसपछि श्रीकृष्ण बम मल्लप्रति उनको व्यंग्य तेर्सियो। त्यसपछि उनी कानूनतिर तेर्सिए। उनले गीत संगीत मुटु र कानून दिमागले बनाउने उल्लेख गरे।

देशको अवस्थाबारे व्यङ्ग्य गरेर सरकार झकझकाउँदै

काठमाडौं।गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका छन्।यसै क्रममा श्रीकृष्ण सिंखडाले चोटिला–चोटिला व्यंग्य कविता सुनाएका छन्।

हाम्रो देशलाई बतासले उडाउँछ

व्यंग्य कवि तथा कलाकार श्रीकृष्ण सिम्खडाले समसामयिक विषयमा प्रस्तुत गरेका दुई कविता।   अरू देशलाई समुद्री आँधीले उडाउँछ हाम्रो देशको इम्युन पावर कम भएर होला हाम्रो देशलाई बतासले उडाउँछ। दरबार उडाएको बतासले केही दिनभित्र सिंहदरबार उडाउँछ मन्त्री उडाउँछ हेर्दै जानुहोस् अब केही महिनामा प्रधानमन्त्री उडाउँछ गर्मीमा लागेको बतास भए पो शीतल दिन्थ्यो पुसको ठन्डीमा लागेको […]

कवि सिम्खडाको एकल कविता वाचन

काठमाडौँ- भैरव अर्याल स्मृति पुस्तकालयको आयोजनामा शनिबार श्रीकृष्ण सिम्खडाको एकल कविता बाचन भएको छ । कार्यक्रममा कलाकार, कवि तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले आफ्ना काविताहरु प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि कवि तथा कलाकार शैलेन्द्र सिम्खडाले चोटिलो व्यंग्य प्रस्तुत गरेका थिए। प्रमुख अतिथि शैलेन्द्रले भाइ श्रीकृष्णको एकल कविता बाचनमा भाइलाई हौसला तथा शुभकामना दिन आफू […]

श्रीकृष्णको गाईजात्रा कोसेली

काठमाडौं । गायक श्रीकृष्ण सिम्खडाको आवाजमा ‘गाइजात्राको कोसेली २०७८’ सार्वजनिक भएको छ ।  सार्वजनिक भिडियोमा उनले देशको राजनीतिक उथलपुथल र राजनीतिज्ञप्रति व्यंग्य गरेका छन् । उनले एमसीसीमा नेताहरुबीच नै रहेको मतभेद र प्रधानमन्त्री शेरबहादुर देउवाको यसप्रतिको धारणा, नागरिकले सहजै कोरोना खोप नपाउँदा भोग्नु परेको पीडा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेका...