निरञ्जनकुमार साहजनकपुरधाम : आफूले अदालतबाट पनि न्याय पाउन नसकेको भन्दै निहारिका राजपुतले गुनासो पोखेकी छिन्।जिल्ला अदालत धनुषाले आरोपी शिवराज श्रेष्ठलाई सफाइ दिएपछि अविवाहित आमा निहारिकाले फेसबुक लाइभमा आएर वेदना पोखेकी हुन्। अदालतको इजलास ५ का न्यायाधीश परशुराम भट्टराईले मुद्दामा अभियोग दावी नपुगेको ठहरसहित आरोपी श्रेष्ठलाई सफाइ दिएका छन्।अदालतका सूचना अधिकारी गंगाप्रसाद मिश्रले आरोपीले कसरी सफाइ पाए भन्ने कुरा फैसलाको पूर्ण पाठ आएपछि मात्र भन्न सकिने जानकारी गराए।&nbs