चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौँडी नगरपालिका, […]

सम्बन्धित सामग्री

वीपी प्रतिष्ठानको कोभिड अस्पताल तोडफोड :  चिकित्सकलाई ज्यान जोगाउन त्रास

साउन ५, धरान । कोरोना संक्रमणको महामारीमा संक्रमितका आफन्तहरु बिरामी कसरी बचाउने भन्ने चिन्तामा हुन्छन् । चिकित्सकहरु पनि आफ्नै ज्यान जोखिममा राखेर बिरामीको उपचारमा पनि खटिरहेका छन् ।  तर केही अराजक अवस्था सिर्जना हुँदा कोभिड अस्पतालमा बिरामीका आफन्तसँगै चिकित्सकहरु पनि त्रसित हुनुपर्ने बाध्यता बन्दै आएको छ । अस्पतालमा बाहिरबाट ढुंगामुढा बर्साउदा बिरामीको अवस्था के हुने भन्ने चिन्तामा कुरुवाहरु हुन्छन्, अस्पताल भित्रका स्वास्थ्यकर्मीहरु कसरी ज्यान जोगाउने भन्ने चिन्तामै रहन्छन् । मंगलवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा संक्रमण पुष्टि भएकी एक मृतकको आफन्तले ढुंगामुढा गरेपछि प्रतिष्ठान केही बेर तनावग्रस्त बन्यो । अस्पतालभित्र काम गर्ने चिकित्सक तथा नर्सहरु त्रसित थिए, भने बाहिर रहेका कुरुवाहरु बिरामीको उपचारमा के होला भन्ने त्रासमा थिए । घटनाका प्रत्यक्षदर्शी एक कुरुवाले भनिन्, ‘हाम्रो बिरामी भित्र छ, बाहिरबाट ढुंगामुढा बर्सिन थाल्यो, डर हुँदैन ?’ धरान १७ की ५४ बर्षीय शान्ति तामाङको सोमवार कोभिड अस्पतालमा दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । उनलाई असार २७ गते संक्रमण पुष्टि भएको थियो भने ३० गते कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको पेटमा चोट लागेको र उपचारको क्रममा कोभिड अस्पतालमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले बताए ।  तामाङलाई घरमै लडेर घाइते भएपछि प्रतिष्ठान ल्याइएको थियो । उनलाई कोरोना पुष्टि भ पछि कोभिड अस्पताल लगिएको थियो । उनको उपचारमा लापरवाही भएको भन्दै उनका आफन्तहरु आक्रोशित बनेका थिए ।  उपचारकै क्रममा मृत्यु भए पनि आफन्तले फुटेज हेर्न माग गरेका थिए । आफन्त सँग वार्ता भएर सहज वातावरण बनेको थियो । फुटेज हेर्ने समय सिफ्ट चेञ्जको समयमा भएकाले ढिलाई हुँदा बाहिरबाट ढुंगामुढा गर्न थालेको सहप्रवक्ता डा. पोखरेल बताउँछन् । तामाङको पेटको समस्याबाट मृत्यु भएको पोखरेलको भनाइ छ । अस्पताल भित्र काम गरिरहेका चिकित्सक तथा नर्सहरु पनि डरमा काम गर्नु पर्ने अवस्था आएको कोभिड अस्पतालका इन्चार्ज प्रा.डा. ज्ञानेन्द्र मल्ल बताउँछन् । उनी भन्छन्, ‘हामी पनि मान्छे हौं, बिरामीको उपचारमा ज्यान जोखिममा राखेर काम गरिरहेको छौं, अनि हामी माथिनै आक्रमण गर्न खोज्दा हाम्रो मानसीक अवस्था कस्तो हुन्छ ।’ प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केही मृतकका आफन्तजनहरु पनि छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार ९ जना नियन्त्रणमा छन् ।

नुवाकोटमा २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउँदै

काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटले २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल(होल्डिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ । उक्त अस्पताल जिल्लामा कोरोना सङ्क्रमित भई अक्सिजन र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका मानिसहरूलाई चिकित्सक लगायत स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा राखी उपचार गर्न सकिने नुवाकोट जिल्ला काँग्रेस सभापति जगदीशश्वरनरसिंह केसीले बताए । अस्पताल सञ्चालनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं […]

मनाङमा अस्थायी कोभिड अस्पताल निर्माण धमाधम

मनाङ । मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले अस्पताल निर्माणलाई तीव्र बनाएका छन् । मनाङको चामे गाउँपालिकाका ११ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १५ लाखको लगानीमा १० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ ।      ०७२ को भूकम्पले जीर्ण भएको जिल्ला अस्पतालको पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा उपचारमा कठिनाइ झेल्दै आएका यहाँका सर्वसाधारणले अब भने सहज रूपमा उपचार पाउने भएका छन् । प्रदेश सरकारको १९ करोड लगानीमा जिल्ला अस्पतालको नयाँ भवनको निर्माणकार्य भइरहेको हुँदा गाउँपालिकाले जिल्ला खेलकुदको कभर्ड हललाई अस्थायी कोभिड अस्पतालको रूपमा प्रयोग गरेको पालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।      उनका अनुसार यस अस्पतालमा १० वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ । संक्रमितको थप उपचारमा सहयोग गर्न रेडक्रससँग सहकार्य गरेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।      जिल्ला अस्पतालमा बिरामीको चाप हुन सक्ने भन्दै गाउँपालिकाले आप्mनै लगानीमा १० शय्याको अस्थायी अस्पताल बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दको भनाइ छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन । हाल सञ्चालनमा नआएको भेन्टिलेटर गाउँपालिकाले सञ्चालन गर्ने तयारी थालेको छ । अस्पतालले एमडीजीडीपी गरेका डाक्टरको अभावमा थन्किएको सो भेन्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ । रासस

स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल

बागलुङ।कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनकाबीच यथाशक्य काम गर्दै आएका छन्।यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु कोरोनाका ‘हट स्पट’ बन्दै गइरहेका छन्। अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन्।

स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल

बागलुङ।कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनकाबीच यथाशक्य काम गर्दै आएका छन्।यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु कोरोनाका ‘हट स्पट’ बन्दै गइरहेका छन्। अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन्।

कोरोना संक्रमण फैलन नदिन जुट्यो पातारासी गाउँपालिका

पातारासीले ४० बेडको संस्थागत आइसोलेसन बनाएको छ। चिकित्सक सहितको ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरा जनताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले जुनसुकै काम गर्न सक्ने बताउँछन्।

२० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

धनुषा, १ जेठ: गणेशमान चारनाथ नगरपालिकाले २० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र […]

कोहलपुरमा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा

कोहलपुर नगरपालिकाले अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । एक जना चिकित्सक, चार जना नर्स गरी आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति समेत गरिएको अस्पतालमा हाल नगरपालिकाका १२ जना संक्रमित आइसोलेसनमा भर्ना भएका छन् ।

जुम्लाको स्थानीय कोभिड अस्पताल चिकित्सकविहीन

जुम्लाका हरेक स्थानीयतहमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोभिड अस्पताल चिकित्सकविहिन छन्। चिकित्सक नहुँदा कोभिड अस्पतालले सेवा पाउन सकेका छैनन्।