मनाङमा अस्थायी कोभिड अस्पताल निर्माण धमाधम

मनाङ । मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले अस्पताल निर्माणलाई तीव्र बनाएका छन् । मनाङको चामे गाउँपालिकाका ११ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १५ लाखको लगानीमा १० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ ।      ०७२ को भूकम्पले जीर्ण भएको जिल्ला अस्पतालको पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा उपचारमा कठिनाइ झेल्दै आएका यहाँका सर्वसाधारणले अब भने सहज रूपमा उपचार पाउने भएका छन् । प्रदेश सरकारको १९ करोड लगानीमा जिल्ला अस्पतालको नयाँ भवनको निर्माणकार्य भइरहेको हुँदा गाउँपालिकाले जिल्ला खेलकुदको कभर्ड हललाई अस्थायी कोभिड अस्पतालको रूपमा प्रयोग गरेको पालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।      उनका अनुसार यस अस्पतालमा १० वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ । संक्रमितको थप उपचारमा सहयोग गर्न रेडक्रससँग सहकार्य गरेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।      जिल्ला अस्पतालमा बिरामीको चाप हुन सक्ने भन्दै गाउँपालिकाले आप्mनै लगानीमा १० शय्याको अस्थायी अस्पताल बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दको भनाइ छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन । हाल सञ्चालनमा नआएको भेन्टिलेटर गाउँपालिकाले सञ्चालन गर्ने तयारी थालेको छ । अस्पतालले एमडीजीडीपी गरेका डाक्टरको अभावमा थन्किएको सो भेन्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ । रासस

सम्बन्धित सामग्री

कञ्चनपुरको अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

काठमाडौं,१७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो । तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका लागि आयुर्वेद विभागले रु […]

कञ्चनपुरको बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माण हुँदै

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ ।  ०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा...

नवलपरासी सुस्ता अस्पताल निर्माण अलपत्र

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ । ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार रुपैयाँ पेस्की लिएर सम्पर्कविहिन भएपछि निर्माण अलपत्र भएको हो । सुस्ता गाउँपालिका–२ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन […]

सिकलसेलका बिरामीका लागि अब छुट्टै अस्पताल निर्माण हुने

सिकलसेल एनिमिया र थाल्सेमियाको उपचारका लागि छुट्टै अस्पताल निर्माण हुने भएको छ। बाँकेको जानकी गाउँपालिका ३ नहरपुर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन्। शिलान्यास...

तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्ने

काठमाडौँ,८ असार । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिए । उनले भने, “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर […]

दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र

लमजुङ– लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल […]

थानकोटमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माण हुँदै

काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ।

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङको  निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ।

१५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुँदै

कपिलवस्तुको २ पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। जिल्लाको महराजगंज र बुद्धभुमी नगरपालिकामा आधारभुत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण गरिेने भएको हो।...

स्थानीय तहमा अस्पताल निर्माण गर्न कर्जा पाइने

काठमाडौँ । सरकारले स्थानीय तहमा अस्पताल निर्माण गर्न २० करोडसम्मको कर्जा लिन पाइने व्यवस्था गरेको छ । अस्पताल नभएका स्थानीय तहमा १ सय शय्यासम्मको अस्पताल निर्माण गर्नका लागि आवश्यक पर्ने कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैङ्कले यो विषयमा निर्णय गरी सरोकारवाला बैङ्क तथा वित्तीय संस्थाहरूलाई उक्त निर्णय कार्यान्वयनमा […]