कोहलपुरमा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा

कोहलपुर नगरपालिकाले अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । एक जना चिकित्सक, चार जना नर्स गरी आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति समेत गरिएको अस्पतालमा हाल नगरपालिकाका १२ जना संक्रमित आइसोलेसनमा भर्ना भएका छन् ।

सम्बन्धित सामग्री

जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल

चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।

निजगढमा कोभिड अस्पताल सञ्चालन, मेयरको गाडी एम्बुलेन्स बनाइने

निजगढ। निजगढ नगरपालिकाले कोभिड अस्पतालको व्यवस्था गरेको छ । नगरपालिकाले वडा नम्बर ९ मा  रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधा सहित १५ बेड क्षमताको कोभीड अस्पताल सञ्चालनमा ल्याएको निजगढका मेयर सुरेश कुमार खनालले बताए ।

बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

कञ्चनपुर, २० वैशाख: बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ । “अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भने, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ । त्यसका लागि चौबिसै घण्टा […]