आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा भारतले प्रतियोगिताको चौथो खेलमा दोस्रो हार भोगेको छ। मंगलबार माउन्ट मानगुनुईमा भएको खेलमा इङल्यान्डले भारतलाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकाल्यो। लगातार तीन खेलमा हार भोगेको इङल्यान्ड अन्ततः चौथो खेलमा दुई अंक जोड्न सफल भयो।टस हारेर पहिलो ब्याटिङ गरेको भारत ३६.२ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएको थियो। भारतका लागि ओपनर स्मृति मनधनाले ३५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ऋचा घोषले ३३ रन बनाउँदा हरमनप्रित कौरले १४ रन बनाएकी थिइन्।त्यस्तै थप दोहोरो स्