आइसिसी एकदिवसीय महिला विश्वकपमा घरेलु टोली न्युजिल्यान्डले उपाधि दाबेदार भारतलाई ६२ रनले पराजित गरेको छ। बिहीबार न्युजिल्यान्डस्थित ह्यामिल्टनमा भएको प्रतियोगिताको आठौं खेलमा घरेलु टोली न्युजिल्यान्डले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६० रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा भारत ४६.४ ओभरमा अलआउट हुँदै १९८ रनमा समेटिएको थियो।भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकिनन्।