भारत महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स ९-० गोल अन्तरले पराजित

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा माल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जीत हो। भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। सोही…

सम्बन्धित सामग्री

महिला साफ : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुनेछ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्न चाहन्छन् । यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् ।यस्तो छ इतिहासबंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले  पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिज

छैटौँ महिला साफ च्याम्पियनसिप : नेपाललाई ऐतिहासिक जितको अवसर

महिला साफ च्याम्पियनसिपको सदावहार च्याम्पियन हो, भारत । यस अर्थमा बलियो टिम भारत नै हो । भारतपछि नेपाललाई बलियो मानिन्छ । यद्यपि, हालसम्म नेपालले भारतलाई साफ च्याम्पियनसिपमा पराजित गर्न सकेको छैन ।भारतले नेपाललाई चारपटक...

भारतका प्रशिक्षक भन्छन् – ‘घरेलु समर्थकमाझ नेपालको सामना गर्न कठिन’

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा घरेलु समर्थकमाझ नेपालको सामना गर्न कठिन हुने बताएका छन् । मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएपछि भारत समूह ए को उपविजेता बन्यो । उपविजेता बनेसँगै सेमिफाइनलमा अब घरेलु टोली नेपाल र भारत […]

भारतविरुद्ध बंगलादेशको सानदार जित

काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलोपटक हार व्यहोरेको छ । बंगलादेशसामू भारत ३–० ले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन् । साविक विजेताविरुद्ध १२औं मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३औं मिनेटमा […]

महिला साफ : श्रीलंकालाई ६–० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा (तस्वीर)

काठमाडौं : श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो। खेलको दोस्रो हाफमा नेपालले २ गोल गर्‍यो। समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।नेपाल-श्रीलंकाबीचको खेल तस्वीरमाः

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ । समूह 'ए' बाट भारत र बङ्गलादेश...

महिला साफ च्याम्पियनसिप: बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

काठमाडौँ – नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा […]

महिला साफमा आज श्रीलङ्का र भुटान खेल्दै

काठमाण्डौ - काठमाण्डौमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साव...

१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बङ्ग्लादेश खेल्दै

काठमाण्डाै - १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् । नेपालले तेस्राे खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ । त्यस्तै मार्च २३ मा बङ्ग्लादेशसँग खेल्ने तालिका छ । साफ च्याम्पियनसिको शीर्ष टोलीले उपाधि जित्नेछ ।