हृदयाघात भएर नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सकारात्मक सुधार आएको छ। अस्पतालका अनुसार शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार आएकाले आज डिस्चार्ज दिने तयारी छ। शाहलाई आज दिउँसो डेढ बजे डिस्चार्ज दिने तयारी रहेको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले बताए।