शिक्षाको विकास भएमात्र सबै खाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो । गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधनस्रोतसम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । विकासको मेरुदण्डका रूपमा लिइने शिक्षाको समयानुकूल विकास र विस्तारका लागि धक फुकाएर लगानी गर्न कन्जुस्याइँ गरिन्नु हुन्न । शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । […]