शिक्षा बजेट न्यूनतम १३.५ प्रतिशत हुनुपर्ने

शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वृद्धिमा असर परेको भन्दै विज्ञहरूले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्याउन सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ९.९ प्रतिशतमात्र बजेट विनियोजन गरिएको छ । पछिल्ला केही वर्षमा कुल बजेटको आकार बढे पनि शिक्षा क्षेत्रमा भने सोही अनुपातमा वृद्धि हुन सकेको छैन रसरकारद्वारा शिक्षा क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय कार्यदलले बजेट वृद्धि गरी गुणस्तर सुधार गर्न सुझाव दिएको हो ।

सम्बन्धित सामग्री

शिक्षा बजेट : बीस प्रतिशतको प्रतिवद्धता गर्नेले १२ प्रतिशत कहिल्यै पुर्‍याएनन्

सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र लगायतका प्रमुख दलहरूले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्ने भनेर जाहेर गरेको प्रतिवद्धता घोषणापत्र र कागजमा सीमित हुन पुगेको छ ।

शिक्षा बजेट २० प्रतिशत नपुगेको चिन्ता

सरकारले विभिन्न मञ्चहरुमा कुल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने गरी गरेको प्रतिवद्धता भन्दा न्यून रहेकामा सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा असर पर्ने शिक्षासँग सरकार राख्ने ३ सयभन्दा बढी संघसंस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा सार्वजनिक शिक्षा क्षेत्रलाई गुणस्तरीय एवं प्रतिभाशाली बनाउँदै लैजाने महत्वपूर्ण योजनाहरु समावेश हुनु सकारात्मक भए पनि शिक्षा क्षेत्रलाई छुट्याइएको बजेट कुल राष्ट्रिय बजेटको करिब १०.६८ प्रतिशत रहेको छ ।