रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा गिरी

चितवन  । रत्ननगर उद्योग बाणिज्य संघको नव अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हालेका छन् । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतः अध्यक्षमा निर्वाचित भएका हुन । बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका अध्यक्ष अधिबक्ता खगराज कँडेलले गिरीलाई पद तथा गोपनीयताको सपथग्रहण र संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । संघको बरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योग तर्फ उपाध्यक्षमा राममणि थपलिया, बाणिज्य तर्फ उपाध्यक्षमा रामशरण नेपाल, बस्तुगत उपाध्यक्षमा शिव मैनाली, एशोसिएट उपाध्यक्षमा हरि अधिकारी, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।  बाणिज्य तर्फ सदस्यमा सुर्यप्रकास रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रविन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रविचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फ सदस्यमा बेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शम्शेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्य तर्फ लक्ष्मी श्रेष्ठ, एशोसियट सदस्य तर्फ अनुप विसुराल, सुवास मिश्र, बस्तुगत सदस्य तर्फ नवराज तिमिल्सिना चयन भएका छन् । संघको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता कँडेलले अध्यक्ष गिरी सहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नबनिर्वाचित अध्यक्ष शंकर गिरीले आर्थिक संकटको जोखिमबाट व्यवसायीलाई जोगाउन सरकारी पहल थाल्ने बताए । व्यवसायीका समस्या पहिचान गरी समाधानको लागि सार्थक पहल गर्ने बताउदै उनले त्यसका लागि व्यवसायीको एकता आवश्यक रहेको बताए ।  कार्यक्रममा संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले संघमा व्यवसायी बीच एकताको नहुँदा नेतृत्व चयनका बेला राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै सचेत हुनुपर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्षहरु नारायणकाजी श्रेष्ठ, केशबनारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । निर्वाचन समितिका संयोजक कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्त समितिका सदस्य अघिबक्ता रामकृष्ण अधिकारीले स्वागत मन्तव्य तथा अर्का सदस्य अधिबक्त दिवाकर अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित सामग्री

‘राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्छ’

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । रत्ननगर उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ रत्ननगरले सोमवार चितवनमा संयुक्त रूपमा आयोजना गरेको ‘चितवनको विकासको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पौडेलले जुनसुकै सरकार भए पनि विमानस्थल, खानेपानी आयोजना र सडकलाई महत्त्व दिएर काम गर्र्नुपर्ने बताएका हुन् । विदेश भ्रमण र फजुल खर्चका लागि बजेट उपलब्ध भए पनि राष्ट्रिय आवश्यकताका आयोजनाको काममा भने तत्परता नदेखाइएकाले देश पछाडि परेको उपाध्यक्ष पौडेलले बताए । काम गर्न नसक्ने किसिमको बजेट ल्याउने गरिएकाले सरकार विकासमा असफल हुँदै आएकोे उनको भनाइ छ । ‘सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै सक्दैन,’ उनले भने, ‘यसबाट कसरी विकासको परिकल्पना गर्न सकिन्छ ?’ विकासको गति अगाडि बढाउन पूँजीगत खर्च बढाउनुपर्ने उनले सुझाए । वार्षिक मुश्किलले ६५ प्रतिशत विकास खर्च हुने गरेको भन्दै उनले काम गर्न सक्नेगरी सरकारले बजेट ल्याउनुपर्ने बताए । ठूला आयोजना निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा त्यस्ता आयोजना अलपत्र पर्ने गरेको उनको भनाइ छ । विगत ३ वर्षदेखि योजना आयोगको भूमिका खुम्च्याइएको टिप्पणी समेत उनले गरे । योजना आयोगलाई बलियो बनाउँदै जनताको पक्षमा काम गर्ने बनाउनु आफूमाथि ठूलो जिम्मेवारी रहेको उनले बताए । योजना छनोटमा आयोगको हस्तक्षेपकारी भूमिकाको अन्त्य गर्दै स्थानीय र राष्ट्रिय आवश्यकताका आधारमा बजेट र योजना पार्ने काममा आफू लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरे । चितवनमा पर्यटनको विकासका लागि गुरुयोजना, रोजगारीका लागि प्राविधिक शिक्षा र कृषिको विकासका लागि आधुनिकीकरणको खाँचो उपाध्यक्ष पौडेलले औंल्याए । रत्ननगर अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्न आफू सकारात्मक रहेको भन्दै उनले सम्भावना बोकेको सो अस्पताललाई मेडिकल कलेजको रूपमा अगाडि बढाउनेगरी योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले उपाध्यक्ष पौडेलसमक्ष चितवनको विकासका लागि गर्नैपर्ने योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, जिल्ला आयुर्वेद अस्पतालका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ लगायतको सहभागिता थियो ।

उर्जा बचत गर्न सम्झौता

उर्जा बचत गर्न चितवनका निजी क्षेत्रले सक्रियता देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा तथा वातावरण विभागसँग चितवनका निजी क्षेत्रले सोमबार उर्जा बचतका लागि सम्झौता गरेका छन् । विभागले उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, उद्योग वाणिज्य संघ चितवन, उद्योग वाणिज्य संघ रत्ननगर, उद्योग वाणिज्य संघ खैरहनी र उद्योग वाणिज्य संघ राप्ती तथा क्षेत्रीय होटल संघ चितवनसँग सम्झौता गरेको हो ।

संगठित अपराधले विकासमा बाधा पुग्यो : गृहमन्त्री थापा

चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले संगठित अपराधले विकासमा बाधा पुगेको बताएका छन्। रत्ननगर उद्योग वाणिज्य संघ चितवनको १९ औँ साधारणसभाको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री थापाले यसलाई निस्तेज पार्न नयाँ सुरक्षा नीति ल्याउने तयारीमा सरकार लागेको समेत बताए। औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यून...