‘राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्छ’

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । रत्ननगर उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ रत्ननगरले सोमवार चितवनमा संयुक्त रूपमा आयोजना गरेको ‘चितवनको विकासको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पौडेलले जुनसुकै सरकार भए पनि विमानस्थल, खानेपानी आयोजना र सडकलाई महत्त्व दिएर काम गर्र्नुपर्ने बताएका हुन् । विदेश भ्रमण र फजुल खर्चका लागि बजेट उपलब्ध भए पनि राष्ट्रिय आवश्यकताका आयोजनाको काममा भने तत्परता नदेखाइएकाले देश पछाडि परेको उपाध्यक्ष पौडेलले बताए । काम गर्न नसक्ने किसिमको बजेट ल्याउने गरिएकाले सरकार विकासमा असफल हुँदै आएकोे उनको भनाइ छ । ‘सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै सक्दैन,’ उनले भने, ‘यसबाट कसरी विकासको परिकल्पना गर्न सकिन्छ ?’ विकासको गति अगाडि बढाउन पूँजीगत खर्च बढाउनुपर्ने उनले सुझाए । वार्षिक मुश्किलले ६५ प्रतिशत विकास खर्च हुने गरेको भन्दै उनले काम गर्न सक्नेगरी सरकारले बजेट ल्याउनुपर्ने बताए । ठूला आयोजना निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा त्यस्ता आयोजना अलपत्र पर्ने गरेको उनको भनाइ छ । विगत ३ वर्षदेखि योजना आयोगको भूमिका खुम्च्याइएको टिप्पणी समेत उनले गरे । योजना आयोगलाई बलियो बनाउँदै जनताको पक्षमा काम गर्ने बनाउनु आफूमाथि ठूलो जिम्मेवारी रहेको उनले बताए । योजना छनोटमा आयोगको हस्तक्षेपकारी भूमिकाको अन्त्य गर्दै स्थानीय र राष्ट्रिय आवश्यकताका आधारमा बजेट र योजना पार्ने काममा आफू लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरे । चितवनमा पर्यटनको विकासका लागि गुरुयोजना, रोजगारीका लागि प्राविधिक शिक्षा र कृषिको विकासका लागि आधुनिकीकरणको खाँचो उपाध्यक्ष पौडेलले औंल्याए । रत्ननगर अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्न आफू सकारात्मक रहेको भन्दै उनले सम्भावना बोकेको सो अस्पताललाई मेडिकल कलेजको रूपमा अगाडि बढाउनेगरी योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले उपाध्यक्ष पौडेलसमक्ष चितवनको विकासका लागि गर्नैपर्ने योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, जिल्ला आयुर्वेद अस्पतालका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ लगायतको सहभागिता थियो ।

सम्बन्धित सामग्री

कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्य

कर्णालीमा एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माणको सरकारी योजनालाई यहाँका स्थानीय पालिकाले प्राथमिकतामा राखेको देखिँदैन ।

नगर गौरवका योजना प्राथमिकतामा

दोधारा चाँदनी, ८ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ । बिहीबार नगरपालिकाले १४औँ नगरसभाबाट उक्त बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई […]

निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइने

सरकारले बाराको निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०÷८१ को बजेटमा वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य पूर्वतयारीका कामका लागि...

विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु

विराटनगर– विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नं १४ स्थित रानीपोखरीमा रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा अवस्थित मन्ठापोखरीको […]

माओवादीको प्रतिबद्धता : युरेनियमको व्यावसायिक प्रशोधन प्राथमिकतामा

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले मुस्ताङमा रहेको बहुमूल्य युरेनियम खानीबाट व्यावसायिक प्रशोधन थाल्ने योजनालाई पनि प्राथमिकतामा राखेको छ । सोमबार माओवादीले सार्वजनिक चुनावी प्रतिबद्धतापत्रमा अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा मुस्ताङमा रहेको युरेनियमको व्यावसायिक प्रशोधन र उपयोगको कार्ययोजना तयार गरिने उल्लेख छ । ‘अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा मुस्ताङमा रहेको युरेनियमको व्यावसायिक प्रशोधन र उपयोगका लागि कार्ययोजना तयार […]

डिलाशैनी गाउँपालिकाको बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९–८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९–८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो ।  बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले बताए ।उनले भने, ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ । कृषि र पशु पालनलाई व्यवसायीकरण गरेर नागरिकको आर्यआर्जन वृद्धि गर्न बजेट छुट्याएका छौँ ।’ आर्थिक विकासको योजनालाई प्राथम

गण्डकी योजनालाई प्राथमिकतामा रखना प्रधान्मंत्रिसंग माग

पोखरा-संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् ।गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पु-याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने गण्डकीका योजनाको […]

राप्ती नगरपालिकाको बजेट – ९२ करोड

चितवन। आगामी आर्थिक वर्षका लागि राप्ती नगरपालिकाले कुल ९२ करोड ९७ लाख रुपैयाँ बजेट ल्याएको छ। आज घोषणा भएको बजेटमा नगरपालिकाले रोजगारी र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ। यस्तै विपन्नहरुका लागि बस्ने स्थान विकासका लागि एक करोड रुपैयाँसमेत छुट्याइएको नगरपालिकाले बताएको छ।

राप्ती नगरपालिकाको बजेट – ९२ करोड

चितवन। आगामी आर्थिक वर्षका लागि राप्ती नगरपालिकाले कुल ९२ करोड ९७ लाख रुपैयाँ बजेट ल्याएको छ। आज घोषणा भएको बजेटमा नगरपालिकाले रोजगारी र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ। यस्तै विपन्नहरुका लागि बस्ने स्थान विकासका लागि एक करोड रुपैयाँसमेत छुट्याइएको नगरपालिकाले बताएको छ।

गण्डकी : आगामी बजेटका सिद्धान्त तथा प्राथमिकताबारे आजबाट छलफल

पर्वत : सोमबार सदनमा प्रस्तुत भएको गण्डकी प्रदेश सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकताबारे मंगलबारबाट छलफल हुँदैछ।अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा सोमबार आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। जसमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तयार पारिएका कार्यक्रम र पुराना योजनालाई प्राथमिकतामा राखिएको छ।प्रदेशको आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामा कोभिडसँगै चालू आर्थिक वर्षमा अघि बढाइएका क्रमागत योजनालाई प्राथमिकता दिइएको मन्त्री गुरुङले बताएक