प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन पनि निजी क्षेत्रलाई सचेत गराए । नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको भन्दै राज्यमन्त