नेपाललाई चैत्र मसान्तसम्म कोरोनाविरुद्ध पूर्ण खोप घोषणा गर्छौं : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चैत्र मसान्तसम्म नेपाललाई कोरोनाविरुद्धको पूर्ण खोप घोषणा गर्ने दाबी गरेका छन् । मंगलबार मण्डनदेउपुर–१० स्थित चण्डेनीमण्डन स्वास्थ्यचौकी भवन शिलान्यास गर्दै उनले १८ वर्षमुनिका बालबालिकालाई आवश्यक १ करोड डोज खोप मंसिर–पुससम्म ल्याइसक्ने दाबी गरे ।