काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाललाई उच्च शिक्षाको हब बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। शुक्रबार ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालमै उत्कृष्ट शैक्षिक संस्थाहरू स्थापना गरी बाहिर जाने विद्यार्थी रोक्न सकिने बताएका हुन् । निजी क्षेत्र र सरकारको सहकार्यमा मात्रै शिक्षामा गुणस्तर […]