काठमाडौं : निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ। निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभएको छ। साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ।अहिले प्रतिनिधि सभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ। नयाँ दल नयाँ सांसदका कारण संसदमा कस्तो रौनकता छाउला भन्ने कौतुहलता आम मानिसमा बढे