जुम्ला – हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको माथिल्लो भेगमा कार्यरत कर्मचारीलाई दिन दिनभित्र कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको छ ।
भारी हिमपातपछि घर बिदामा बसेका कर्मचारीलाई कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । फागुनदेखि यहाँका विद्यालयमा पठनपाठन सुरु हुने भएकाले गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई हाजिर हुन गाउँपालिकाले पत्राचार गरेको हो ।
यहाँका स्वास्थ्यकर्मी, वडा सचिव, शिक्षकलगायतका कर्मचारीहरू जाडो छल्न तराई झ...