कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस्या देखिएको छ । अक्सिजन र औषधीका कमीका कारण पनि स्थिति दिनप्रति भयावह हुँदैछ । यस विषयमा स्वास्थ्य विज्ञले एक भारतीय मिडियासँग बिस्तारमा कुराकानी गरेका छन् ।कोरोनाभाइरसले किन युवालाई आफ्नो शिकार बनाइरहेको छ ?यसबारे फार्टिस अस्पतालका अध्यक्ष डा. अशोक शेठले भने, ‘म्युटेन्ट भाइरस अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी संक्रामक भएको छ ।