प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर्न थालेको बताएका छन् ।
गणतन्त्रको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि दिनदिनै हमला गरेर दाहाल र नेपाल पक्षले गणतन्त्रमाथि नै हमला गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आइतवार आफूनिकट अखिल नेपाल महिला संघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै गणतन्त्रको सबै प्रणालीविरुद्ध व्यापक हमला हुन थालेको बताएका हुन् ।
‘अहिले हाम्रो सबै प्रणालीविरुद्ध ब्यापक हमला भएको छ । २ किसिमका हमला छन् । प्रचण्ड–माधव ने...