काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभएको छ । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिवार गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो...