जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को (प्रचण्ड -माधव नेपाल) धनुषाले आन्दोलन चर्काउनका लागि पालिकास्तरीय संघर्ष समिति गठन गरेको छ । संसद विघटन विरुद्ध आन्दोलनरत्त नेकपाले धनुषाको दर्जन भन्दा बढी स्थानीय तहमा प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन गर्नका लागि संघर्ष समिति गठन गरेको हो ।धनुषाको १८ वटा स्थानीय तह मध्ये १५ वटा पालिकामा १ सय देखि ५ सय सदस्यीय रहेको आन्दोलन संघर्ष समिति गठन गरेको नेकपा धनुषाका सचिव दिपक यादवले