हडतालमा उत्रियो जनमत पार्टी, सवारीसाधन तोडफोड

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् । औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत ठप्प पारिएको छ ।...

सम्बन्धित सामग्री

जनमत पार्टी कार्यकर्ताद्वारा ट्रकमा आगजनी, दर्जनौँ गाडी तोडफोड

सिरहा, ११ पुस । जनमत पार्टीले गरेको सिरहा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेका छन् । बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ । उनीहरूले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्त्वले आगजनी गरेको जनाएको छ ।झुटो मुद्दामा प्रहरीले क

जनमत पार्टीद्वारा जसपाका नेता र इन्जिनियरहरूविरुद्ध उजुरी दर्ता

जनकपुरधाम, १४ कात्तिक । सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् । जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय […]