पोखरा विमानस्थल (पुरानो) को पुछारतर्फ मुस्ताङ चोकको एउटा ठूलो भवनमा गण्डकी प्रदेश सरकारअन्तर्गतका दुई निकाय छन् । एउटा गण्डकी विश्वविद्यालय र अर्को प्रदेश लोकसेवा आयोग । पछिल्लो समय आफ्नो काममा गति लिएका दुवै सरकारी निकायका कर्मचारी र सेवाग्राहीले समेत सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने अवस्था छ ।