पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय पोखराले भोलि २३ गते आपत्कालीन अभ्यास गर्ने भएको छ । कार्यालयले विमानस्थल परिसरमा ठुलो धुवाँको मुस्लो दखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने जनाएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकेको छ । नागरिक उड्डयन प्राधिकरणले पुस १७ अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने घोष