पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय सञ्चालन

सन् २०२३ को जनवरी १ (पुस १७) बाटै सञ्चालनमा ल्याउने तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालयले बिहीबारदेखि आंशिक रुपमा कार्यालय सञ्चालन सुरु गरेको छ । कार्यालयले भवन प्रवेश विधि सम्पन्न गरी सम्बन्धित स्थानबाटै काम हुने गरी कार्यालय शुभारम्भ गरेको हो ।