गोरखा भूकम्पका ६ वर्ष : पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण

काठमाडौं । गोरखा भूकम्पको ६ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर ...

सम्बन्धित सामग्री

पटकथाकार सम्पदा मल्ल : 'हाम्रो फिल्ममा मौलिक भूत छ'

६ वर्ष भारतका चर्चित टिभी सिरियल 'यह रिस्ता क्या कहलाता है', 'इस्कका रंग सफेद'लगायतमा पटकथा लेखेकी सम्पदा मल्लको डेब्यू फिल्म हो, 'कठपुतली'। भिससेन लामा निर्देशित हरर विधाको यो फिल्म नै लेखनका हिसाबले मल्लको डेब्यू हो ।

पुनर्निर्माण प्राधिकरणको ६ वर्ष : तीन सय ७७ सम्पदा पुनर्निर्माण सुरु नै भएन

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको थपिएको एक वर्षसहित ६ वर्षे कार्यकाल शुक्रबारदेखि सकिँदै छ । तर, हालसम्म भूकम्पले क्षति पुर्‍याएका तीन सय ७७ सम्पदाको पुनर्निर्माण भने सुरु नै हुन सकेको छैन । प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका नौ सय २० पुरातात्विक सम्पदामध्ये चार सय ६५ सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । एक सय ३१ वटा पुनर्निर्माण भइरहेका […]

प्राधिकरणको कार्यकाल शुक्रवार सकिँदै

काठमाडौं । २०७२ वैशाखको भूकम्पका कारण भत्किएका निजी आवास, स्वास्थचौकी भवन, सार्वजनिक भवन, पुराताŒिवक सम्पदा निर्माणको व्यवस्थापन गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आउँदो शुक्रवार सकिँदै छ । सरकारले पुनर्निर्माणका काम गर्न स्वायत्त निकाय प्राधिकरण २०७२ पुस १० गते स्थापना गरेको थियो । १ वर्ष म्याद थप गर्दै प्राधिकरणको कार्यकाल ६ वर्ष पुर्‍याइएको छ । भूकम्पबाट प्रभावित अतिप्रभावित १४ सहित ३१ जिल्लाका प्रभावितहरूका निजी आवास निर्माणलाई उच्च प्राथमिकता दिई निजी आवास निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि पुनर्निर्माणका काम अन्य निकायहरूलाई हस्तान्तरण गर्दै प्राधिकरणको कार्यकाल सकिएको छ । यो अवधिमा पुनर्निर्माणमा रू. ३ खर्ब ८१ अर्ब बजेट खर्च भएको छ । विपद्पश्चात्को पुनर्लाभ कार्यढाँचा (पीडीआरएफ) ले कुल अनुमानित ९ अर्ब ३८ अर्ब लागत अनुमानलाई संशोधन गरेको थियो । त्यसपछि उक्त रकम उल्लेख्य मात्रामा घटेर रू. ४ खर्ब ८२ अर्बमा झरेको छ । भूकम्पपछि पुनर्निर्माणमा कति लगानी र स्रोत के हुने भन्ने विषयमा तयार पारिएको ‘विपद्पछिको आवश्यकता पहिचान प्रतिवेदन (पीडीएनए)’ ले रू. ९ खर्ब ३८ अर्ब लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको थियो । गत आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा भूकम्पपछिको पुनर्निर्माणमा रू. ३ खर्ब ८१ अर्ब रकम खर्च भएको छ । यद्यपि चालू आर्थिक वर्षमा कति बजेट खर्च भएको छ, भन्ने विषय भने रेकर्डमा आइनसकेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । ‘असोजदेखि प्राधिकरणको मातहतमा रहेका कार्यहरू क्रमशः सम्बद्ध निकायहरूलाई हस्तान्तरण गर्दै आएको छ,’ घिमिरेले भने, ‘त्यसकारण अहिले कार्यभार हस्तान्तरण गरिएका मन्त्रालय, विभाग तथा निकायहरूबाट खर्च बजेट एकीकृत गरिएको छैन, साउनदेखिको खर्च भन्न गाह्रो छ ।’ असोज १ गतेदेखि कार्यहरू हस्तान्तरण गर्दै आएको प्राधिकरणको बुधवार बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माणका सबै कार्यभार अन्य निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत कार्यहरू हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्पmत सम्पादन भइरहेका कार्यहरूको सहजीकरण, समन्वय तथा अनुगमनसम्बन्धी कार्यहरू अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्पmत हुने गरी हस्तान्तरण गर्ने निर्णय भएको छ । देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । यस्तै उहाँले पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्राधिकरणको तथ्यांकअनुसार हालसम्म लाभग्राहीको सूचीमा पर्नेको कुल संख्या ८ लाख ६६ हजार २०७ रहेको छ भने अनुदान सम्झौता ८ लाख २७ हजार ३४० पुगेको छ । अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको चालू र पूँजीगत खर्चको आव २०७८/०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षणसम्बन्धी कार्यहरूको जिम्मेवारी पनि यसै प्राधिकरणमार्फत हुनेछ ।

'सम्पूर्ण संरचना यसैवर्ष पुनर्निर्माण गरिसक्छौं'

काठमाडौं : आजबाट भूकम्प गएको ६ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते ठूलो भूकम्प गएको थियो। त्यसबेला करिब ९ हजार व्यक्तिको ज्यान गयो भने झण्डै २२ हजार घाइते भए। सम्पदा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकाे थियो। त्यस्तै,९२० वटा ऐतिहासिक–सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए।भूकम्पले १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचना क्षतिग्रस्त बनाएको थियो। ती संरचनाहरु के कति

भूकम्पका ६ वर्ष : ३ खर्ब ५७ अर्बको पुनर्निर्माण

काठमाडौं । ८ हजार ९७९ जना मानिसको ज्यान जाने गरी २०७२ वैशाख १२ मा गएको भूकम्पको आज (आइतवार) ६ वर्ष पुगेको छ । निजी आवाससहित ऐतिहासिक सम्पदा, विद्यालय, सार्वजनिक भवन, स्वास्थ्य संस्थासहित अन्य पुनर्निर्माणका कामहरू सम्पन्न गर्न हालसम्म रू. ३ खर्ब ५७ अर्ब खर्च भइसकेको छ । भूकम्पबाट अतिप्रभावित १४ सहित ३२ जिल्लाहरूमा यो अवधिमा झन्डै ६ लाख निजी आवासहरू बनेका छन् । मुलुकका ऐतिहासिक सम्पदाहरू पनि निर्माण भएका छन् । भूकम्पबाट पूर्णरूपमा क्षति भएका धरहरा र रानीपोखरीका साथै दरबार हाइस्कूल, सिंहदरबार पनि निर्माण तथा पुनर्निर्माण भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार क्षति भएका विभिन्न ९२० सम्पदामध्ये हालसम्म ४९३ को निर्माण सम्पन्न भएको छ । भूकम्पबाट करीब १० लाख निजी आवासमा क्षति पुगेको थियो । ती घर निर्माणका लागि ८ लाख १० हजार ४२७ लाभग्राहीले पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका छन् । सरकारले निजी आवास निर्माणका लागि भूकम्पबाट प्रभावित लाभग्राहीहरूलाई रू. ३ लाख तीन किस्तामा दिँदै आएको छ । सरकारले पुनर्निर्माणका लागि लगानी जुटाउन सोही वर्षको असार १० गते अन्तरराष्ट्रिय दातृ सम्मेलन गरेको थियो । त्यसबेला गरिएको पोस्ट डिजास्टर निडस् एसेस्टमेन्ट (पीडीएनए) प्रतिवेदनले पुनर्निर्माणमा रू. ९ खर्ब ३८ अर्ब बराबर लगानी आवश्यक पर्ने आकलन गरेको थियो । तर, प्राधिकरणले पाँचवर्षे रणनीति तथा कार्यक्रम परिर्माजन गर्दा उक्त लगानी घटेर रू. ४ खर्ब ८८ अर्बमा झरेको थियो । प्राधिकरणका अनुसार दातृसम्मेलनमा रू. ४ खर्ब १० अर्बको सहयोग प्रतिबद्धता भए पनि रू. २ खर्ब ९४ अर्बमात्रै प्राप्त भएको छ । भूकम्पबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका निजी आवासहरूलाई नै प्रमुख प्राथमिकता दिएर शुरू गरिएको पुनर्निर्माणको काम सम्पन्न हुन थालेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । नेपाल भूकम्पीय जोखिममा रहेकै कारण विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको दशवर्षे महाअभियानका लागि कार्यक्रम तयार गरिरहेको उनको भनाइ छ । पाँचवर्षे कार्यअवधि पाएर स्थापित भएको प्राधिकरणको म्याद गत पुसमा सकिए पनि १ वर्ष म्याद थपिएको छ । ‘हामीले प्राधिकरणको बहिर्गमन रणनीति र बाँकी कार्यको व्यवस्थापनको खाका पनि तयार गरेका छौं,’ उनले भने, ‘अब निजी आवासतर्फको बाँकी कार्यको प्राविधिक व्यवस्थापन शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ ।’ यस अवधिमा निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको छ, भने अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरू गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ रहेको छ । पहिलो किस्ता वितरण ९९ दशमलव ८६ प्रतिशत, दोस्रो किस्ता ८६ दशमलव ७८ प्रतिशत र तेस्रो किस्ता ७८ दशमलव ६६ प्रतिशत लाभग्राही अर्थात् भूकम्पपीडितले लिइसकेका छन् । भूकम्पबाट असुरक्षित बनेका २९९ बस्तीका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले यस अवधिमा १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण बनाइएको छ । प्राधिकरणका अनुसार क्षति भएका ४०२ गुम्बामध्ये २९४ निर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै, कुल १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण, कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ ।

कति संरचना पुन:निर्माण, कति बाँकी ?

काठमाडौं : आज भूकम्प गएको ६ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते ठूलो भूकम्प गएको थियो। त्यसबेला करिब ९ हजार व्यक्तिको ज्यान गयो भने हजारौं मानिस घाइते भए।सम्पदा, सरकारी तथा निजी भवन लगायतमा निकै क्षति पुग्यो। राष्ट्रिय पुन:निर्माण प्राधिकरणका अनुसार भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकाे थियो।९२० वटा ऐतिहासिक-सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए। त्यस्तै, भूकम्पले १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचना क्षतिग्रस्त बनाएको