काठमाडौं : आजबाट भूकम्प गएको ६ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते ठूलो भूकम्प गएको थियो। त्यसबेला करिब ९ हजार व्यक्तिको ज्यान गयो भने झण्डै २२ हजार घाइते भए। सम्पदा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्याएकाे थियो। त्यस्तै,९२० वटा ऐतिहासिक–सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए।भूकम्पले १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचना क्षतिग्रस्त बनाएको थियो। ती संरचनाहरु के कति