आजदेखि एमडीएमएस सिस्टम पूर्ण रूपमा लागू हुँदै, के हो एमडीएमएस ?

काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा लागू भएको छ । नेपालमा मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रूपमा लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको […]

सम्बन्धित सामग्री

एमडीएमएस तत्काल लागू गर्न मोबाइल वितरक सङ्घको माग

काठमाण्डौ – मोबाइल वितरक सङ्घले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न सरकारसँग माग गरेको छ ।  बुधवार सङ्घले एक कार्यक्रम गर्दै विदेशबाट अवैधरूपमा भित्रिने मोबाइलका कारण बर्सेनि अर्बाैँ रुपैयाँ राजस्व गुमेको भन्दै एमडीएमएस प्रणाली पुनः लागू गर्न माग गरेको हो । सङ्घले नेपालमा वार्षिक ३८ अर्बदेखि ४० अर्ब रुपैयाँसम्मको मोबाइल फोनको वैधानिकरूपमा आयात तथा कारोबार भइरहेको जानकारी दिएको छ । तर बाँकी ४० प्रतिशत विदेशबाट चोरी पैठारीबाट भित्रिएका मोबाइल बिक्री भइरहेको सङ्घ...

दूरसञ्चार प्राधिकरणले एमडीएमएस तत्काल कार्यान्वयनमा नल्याउने !

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि याे सिस्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा याे निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडीएमएस लागू नगर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नागरिक र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई तत्काल याे निर्णय कार्यान्वयन नगर्न निर्देशन ...

मोबाइलमा लागू भएको एमडीएमएस अलपत्र !

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा शुक्रबारदेखि लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अलपत्र पर्ने भएको छ । प्राधिकरणले भन्सार नतिरी ल्याइएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने गरी एमडीएमएस लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसमा हस्तक्षेप गरेपछि उक्त नीति अलपत्र पर्ने भएको हो । प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले एक भन्दा बढी मोबाइल ल्याएमा […]

तत्काल एमडीएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । प्राधिकरणले गत शनिबार सूचना जारी गरी विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ […]

तत्काल एमडीएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो । विदेशमा काम गरेर

‘एमडीएमएस’ प्रणाली खारेज गर्न अधिकारकर्मीको माग

उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडिएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणले २९ भदौदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनाधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गरेको थियो । तर सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै बिरोध […]

अबैध मोबाइल नचल्ने, एमडीएमएस लागू

चार वर्षको प्रयासपछि सरकारले बिहीबारदेखि अवैध रुपमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । बिहीबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस सुरु गरेको हो ।नेपालमा चोरीपैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयमा ल्याएको हो । यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल […]

आजदेखि एमडीएमएस कार्यान्वयनमा, कस्ता मोबाइल चल्दैनन् ?

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्ने भएको छ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित आजदेखि एमडीएमएस कार्यान्वयन गर्न लागिएको हो मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतः एमडीएमएस

आजदेखि एमडीएमएस कार्यान्वयनमा, कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?

काठमाण्डाै - मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो । आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ...

एमडीएमएस लागू गर्न व्यवसायीको आग्रह

मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गरे । वाणिज्य तथा आपूर्ति सचिव गणेशराज पाण्डेयले सरकारले...