एमडीएमएस तत्काल लागू गर्न मोबाइल वितरक सङ्घको माग

काठमाण्डौ – मोबाइल वितरक सङ्घले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न सरकारसँग माग गरेको छ ।  बुधवार सङ्घले एक कार्यक्रम गर्दै विदेशबाट अवैधरूपमा भित्रिने मोबाइलका कारण बर्सेनि अर्बाैँ रुपैयाँ राजस्व गुमेको भन्दै एमडीएमएस प्रणाली पुनः लागू गर्न माग गरेको हो । सङ्घले नेपालमा वार्षिक ३८ अर्बदेखि ४० अर्ब रुपैयाँसम्मको मोबाइल फोनको वैधानिकरूपमा आयात तथा कारोबार भइरहेको जानकारी दिएको छ । तर बाँकी ४० प्रतिशत विदेशबाट चोरी पैठारीबाट भित्रिएका मोबाइल बिक्री भइरहेको सङ्घ...