अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

दाेहा । फिफा विश्वकप २०२२ मा अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको उपाधी दावेदार अर्जेन्टिनाले समूहको अन्तिम खेलमा पोल्याण्डलाई २-० ले हराउँदै समूह विजेता बनेको हो । आज बिहान सम्पन्न खेलमा ३९औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी प्रहारलाई मेस्सीले गोल गर्नबाट चुकेपछि पहिलो हाफ गोलरहित बराबरी भएको थियो । […] The post अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलको ४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५२औँ मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे ।समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो । समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।  त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे । फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौं, मंसिर १५ । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल […]

फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?

फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुन

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया नक आउट चरणमा प्रवेश

काठमाडौं । अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना पोल्याण्डलाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक/एक गोल गरे । यहि समूहको अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई […]

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा पुग्यो

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी बाट अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले अन्तिम खेलमा २-० को जित दर्ता गर्दै शीर्षस्थान हासिल गर्दा पोल्यान्ड दोस्रो हुँदै अघि बढ्न सफल रहयो । मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना […]

अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । अर्जेन्टिनाले बल पोसेसन र […]

रोचक मोडमा समूह सी : अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

विश्वकप फुटबलमा यतिबेला समूह चरणका अन्तिम खेलहरू धमाधम भइरहेका छन् । बुधबार राति समूह सीका चारै टोली एकै समयमा मैदानमा उत्रदैछन् । यो समूह यतिबेला रोचक मोडमा छ । २ खेलपछि चारवटै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बाँकी रहेको छ । चारमध्ये तीन टोली समूहमा पहिलो हुँदै अन्तिम १६ मा साबिक विजेता फ्रान्ससँगको सम्भावित भिडन्त टार्ने प्रयासमा छन् । हालसम्मको नतिजा अनुसार पोल्याण्ड ४ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना र साउदी अरेबियाको समान ३–३ अङ्क रहेको छ । म

ब्राजिलको जितमा अर्जेन्टिनी प्रशिक्षक खुसी

कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले दक्षिण अमेरिकी टोली ब्राजिल फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेका छन् । पोल्यान्डविरुद्ध समूह चरणको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले ब्राजिलबारे आफ्नो अभिव्यक्ति दिएका हुन् । ‘ब्राजिलको लागि म खुसी छु । म दक्षिण अमेरिकी फुटबलको समर्थक हुँ । यदि अर्जेन्टिना […]

फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश, अर्जेन्टिनाको सम्भावना जिवितै

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १-१ गोलको बराबरीमा ल्याए । खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक छ ।त्यस्तै समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

मेसी र रोजोको गोलमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश

काठमाडौं : लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ।  समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग को खेलमा अर्जेन्टिना २-० ले विजयी भएसँगै नकआउट चरणमा प्रवेश गरेको हो। यता आइसल्यान्ड र क्रोएसियाबीचको खेलकव नतिजन पनि अर्जेन्टिनाको पक्षमा आएसँगै अर्जेन्टिनाको यात्रा ...