विश्वकप फुटबलमा यतिबेला समूह चरणका अन्तिम खेलहरू धमाधम भइरहेका छन् । बुधबार राति समूह सीका चारै टोली एकै समयमा मैदानमा उत्रदैछन् । यो समूह यतिबेला रोचक मोडमा छ । २ खेलपछि चारवटै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बाँकी रहेको छ । चारमध्ये तीन टोली समूहमा पहिलो हुँदै अन्तिम १६ मा साबिक विजेता फ्रान्ससँगको सम्भावित भिडन्त टार्ने प्रयासमा छन् । हालसम्मको नतिजा अनुसार पोल्याण्ड ४ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना र साउदी अरेबियाको समान ३–३ अङ्क रहेको छ । म