बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ। खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन्। ‘खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ’, इन्द्रावती-१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान भएका छन्। मल नहाली धान उत्पादन नहुने हुनाले […]
धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल
रौतहट : हरेक वर्ष मलको समस्या झेल्दै आएका रौतहटका किसानलाई यस वर्ष पनि भारतीय मलको भर गर्नु परेको छ। नेपालमा रासायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ।जिल्लाको दक्षिणी भेगमा भारतीय सीमावर्ती क्षेत्रबाट सहजै मल आउने गरेको भएपनि उत्तरी भेगका किसानले भने अभाव झेल्नु परेको हो। युरिया मलका लागि किसान यतिबेला 'पानी बिनाको माछा' जस्तै छट्पटाइरहेका छन्।सरकारले यस वर्ष मल अभाव नहुने दाबी गरेकाे थियाे तर रौतहटको बजारमा यतिबेला मलको चरम अभाव भएको हो।अन्य मल पा
तनहुँ । गत माघ महिनादेखि युरिया मल अभाव हुँदा तनहुँका किसान मारमा परेका छन् । मकै र चैते धान बालीमा मल प्रयोग गर्न नपाउँदा उत्पादनमा कमी आउने किसानको चिन्ता छ । दैनिक किसान आउने गरे पनि खाली हात फर्किनुपर्ने बाध्यता रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीका प्रमुख दिनेश शर्माले जानकारी दिए । करिब […]
दाङ : दाङमा रासायनिक मलको अभाव देखिएको छ। खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ। धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले बताए। 'गएको वर्ष…
धनगढी : सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ। किसानले धानखेती लगाउने समय शुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन नसकेका हुन्। अहिले प्रदेशमा धानखेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मलको अभाव देखिएको छ। खेती लगाउने समय शुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन। जसका कारण किसानले हैरानी खेप्नुपरेको छ। बढी धान उत्पादन हुने कैलालीमा मलको अभाव बढी छ। मल अभावकै कारण उत्पादन पनि घट्ने किसान तथा परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले बताए। ‘मल नपाएर
रुपेन्द्र पटेलरौतहट : जिल्लामा धानको बिउ राख्ने बेलामै रासायनिक मलको अभाव भएको छ।मल अभावसँगै हरेक वर्ष खेतीको मुख्य सिजनमै रासायनिक मलको अभाव झेल्दै आएका रौतहटका किसानहरू यस वर्ष पनि मलकै चिन्तामा परेका हुन्।रौतहट जिल्लाभरिमा धानको बिउ राख्ने बेलामा करिब ८० हजार बोरा मल खपत हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले जनाएको छ।केही समय पहिला १२ हजार बोरा डिएपी मल आएकोमा त्यो सकिएर अब ५ हजार बोरा बाँकी रहेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि केशरीले जानक
सप्तरी । सप्तरीमा रासायनिक मलको चरम अभाव देखिएको छ । गहुँ खेतीको समयमा यहाँका किसान दिनभरि मलका लागि लाइनमा बस्ने र बेलुकी रित्तै हात फर्किन बाध्य छन् । कृषि सामग्री केन्द्रले राजविराजस्थित तेतरी गाछीमा रहेको गोदाममा भण्डारण गरी राखेको मल मङ्गलबारदेखि बाँड्न सुरु गरेपछि गाउँ गाउँबाट आएका किसान बिहानदेखि भीड लाग्ने गरेको छ । डिलरहरूले […]
सल्यान । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् । धान र मकैमा मल हाल्ने बेला हुँदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए । अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । […]