धनगढी : सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ। किसानले धानखेती लगाउने समय शुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन नसकेका हुन्। अहिले प्रदेशमा धानखेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मलको अभाव देखिएको छ। खेती लगाउने समय शुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन। जसका कारण किसानले हैरानी खेप्नुपरेको छ। बढी धान उत्पादन हुने कैलालीमा मलको अभाव बढी छ। मल अभावकै कारण उत्पादन पनि घट्ने किसान तथा परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले बताए। ‘मल नपाएर