पुरुष कबड्डी : आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५(१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।&n

सम्बन्धित सामग्री

आर्मीले जित्यो कबड्डी उपाधि

धनगढी ।  मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै […]

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि आर्मीलाई

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार धनगढीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एपिएफले नगद ८० हजारमा चित्त बुझायो । सेमिफाइनलमा पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले

आर्मीलाई मुख्यमन्त्री कबड्डीको उपाधि

धनगढी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले ८० […]