काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले शनिबारसाँझ ललितपुरबाट पक्राउ गरेको हो। नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको प्रहरी उच्च श्रोतले जनाएको छ । चाेलेन्द्र प्रकरणमा पक्राउ परेका इनम सापकोटासँग जोडिएपछि भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । […]