फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार भएका प्रदर्शन हिंस्रक बनेका छन्। देशका विभिन्न भागमा भएका हिंस्रक झडप, तोडफोड र आगजनीका घटनामा १२ सयभन्दा बढी मानिस पक्राउ परेका छन्। फ्रान्स सरकारले यसलाई ‘हिंसाको खतरनाक वृद्धि’ को रूपमा परिभाषित गरेको छ। प्रदर्शनका क्रममा अनुमानित ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए। राजधानी […]