अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ।जितका लागि भारतलाई १ बलमा १ रन चाहिएको अवस्थामा दिनेश कार्तिक आउट भएलगत्तै ब्याटिङ गर्न आएका रविचन्द्रन आश्विनले भारतलाई जित दिलाए।जितका लागि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।भारतका लागि विराट कोहलीले विस्फोटक ब्याटिङ गरे। ५३ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा अविजित ८२ रन