बाग्मती प्रदेश : सभामुखमा आज उम्मेदवारी दर्ता

मकवानपुर - बाग्मती प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवार दिने तयारी छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि दाबी गरेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले सभामुख आफूहरुलाई दिए प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएको छ । तर, कांग्रेसलाई सभामुख दिने तयारीमा सत्ता गठबन्धनका दलहरु तयार छैनन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । स...

सम्बन्धित सामग्री

बाग्मती प्रदेशमा सभामुखका लागि ३ जनाकाे उम्मेदवारी दर्ता

मकवानपुर – बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।  सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा राम...

राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट गृहमन्त्री थापाले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन् । जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज समेत रहेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको प्रस्तावकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् । खुलातर्फ राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित थापा माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो । थापालाई कारवाही गरेपछि रिक्त भएको स्थानमा उनैलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको थियो । र...