राष्ट्रिय सभाको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बाग्मती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रस्तावक र नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले समर्थक रहनेगरी उम्मेदवारी मनोनयन दर्ता गराइएको हो ।
नेकपा एमाले माधव नेपाल पक्ष निकट मानिने देवकोटा कांग्रेस, माओवादी र जसपा (उपेन्द्र-बाबुराम पक्ष)का साझा उम्मेदवार हुन् ।
एमालेभित्र सहमति जुटाउने र साझा उम्मेदवार उठाउने प्रयासले सार्थकता पाउन नसकेपछि माधव नेपाल प...