काठमाडौं । पासपोर्ट (राहदानी) को वरीयता जारी गर्ने संस्था ‘हेनली एन्ड पार्टनर्स’ ले सन् २०२२ का लागि वरीयता जारी गरेको छ । १९९ देशलाई समेटेर जारी गरिएको वरीयताको शीर्ष स्थानमा जापान रहेको छ । जनवरी र जुलाइमा गरी वर्षमा दुई पटक यस्तो वरीयता जारी हुने गर्दछ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार वर्षभरि रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसा नीतिमा हुने परिवर्तनलाई पनि ध्यान दिइन्छ ।कुन देशको पासपोर्ट वाहकले कति देशमा पूर्वभिसा नलिइ यात्रा गर्न सक्छ भन्ने आधारमा वरीयता निर्ध