भदौ ३१ देखि भृकुटीमण्डपमा ‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ एक्स्पो

‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी–२०२२’ एक्स्पो हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा भदौ ३१ देखि असोज २ गतेसम्म सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी हुन लागेको हो ।  यो  खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित एक्स्पो भएको बताइएको छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो । बीएच २०२२ को आयोजनामा हुन लागेको एक्स्पो ३० हजार आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । जसमध्ये व्यापारिक आगन्तुक १२ हजार भन्द

सम्बन्धित सामग्री

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर […]

वसन्त ऋतु शुरू हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

काठमाडौँ, १९ फागुन : पर्यटकीय याम शुरू हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल शुरू भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु शुरू भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको शुरूआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्‍वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन् । सन् २०२० मा विश्‍वका विभिन्न मुलुकसहित नेपालमा शुरू भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् । ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आउनुभएका स्पा संघ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउँछन् । “अन्य समयमा दैनिक पाँच/सात जना स्पाका लागि आउँथे, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गरेका छन्, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो”, उनले भने । क्यासिनोसहित काठमाडौँको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इञ्चार्ज राम पुडासैनी पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको बताउँछन् । “पर्यटक याम शुरू भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्”, उनि भन्छन् ।  ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आउनुभएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पर्यटकीय याम शुरू भएसँगै उलन, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्‍वास व्यक्त गर्नुहुन्छ । “कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ”, उनि भन्छन् । ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आउनुभएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् । “फेबु्रअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौँ”, ढकाल भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमला पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । “पर्यटकीय याम शुरू भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरुपमा देख्न सकिन्छ”, उनि भन्छन् । ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुईहजारभन्दा बढी व्यवसायी आबद्ध छन् । ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बताउँछन् । एक हप्ताभित्र ठमेलमा बिग्रिएका सडक कालोपत्र गर्ने तयारी महानगरपालिकाले गरिरहेको उनिको भनाइ छ । काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउँछन् । वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो । यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेबु्रअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेबु्रअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् । गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेबु्रअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।

मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नेपालका विभिन्न स्थानहरूमा शाखा रहेको सेफ्स बर्गर प्रा.लिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले सेफ्स बर्गर प्रा.लिका विभिन्न शाखामा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् […]

ट्रेडमार्क नक्कल गरिएको भन्दै उजुरी

काठमाडौं  । नेपालका विभिन्न ३१ ओटा कम्पनी तथा उद्योगले विदेशी कम्पनीको ट्रेडमार्क नक्कल गरेपछि उद्योग विभागले कानून शाखामा उपस्थित हुन उनीहरूलाई सातदिने अल्टिमेटम दिएको छ । विभागमा ३१ ओटा विदेशी कम्पनीले आफ्ना उत्पादनको ट्रेडमार्क नेपाली कम्पनीले नक्कल गरेको भन्दै उजुरी दिएका हुन् । भारत, अमेरिका, फ्रान्स, थाइल्याण्डलगायत देशमा रहेका ती कम्पनीले उद्योग विभागमा उजुरी दिएपछि विभागले उक्त समयावधिमा ती कम्पनीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागका अनुसार कम्पनीहरूले विभिन्न समयमा उजुरी गरेका हुन् । विदेशी कम्पनीले दिएको उजुरीका आधारमा विभागले ट्रेडमार्क नक्कल गर्ने स्वदेशी उद्योगसँग लिखित प्रतिक्रिया मागेको भए पनि कुनै प्रतिक्रिया उपलब्ध नभएको उल्लेख गरेको छ । सूचना प्रकाशन गरेको ७ दिनभित्र लिखित प्रतिक्रिया प्राप्त नभए कानून बमोजिम कारबाही हुने र पछि कुनै पनि उजुरी नलाग्ने विभागले बताएको छ । ट्रेडमार्क नक्कल गरेको आरोपमा अमेरिकाको पीपीजी आर्किटेक्चरल फिनिस इन्क, भारतको भारती एयरटेल लिमिटेड, भारत पश्चिम बंगालको एमामी लिमिटेड, थाइल्याण्डको टीसी फर्मास्युटिकल इन्डष्ट्रिजलगायतले विभागमा उजुरी दिएका छन् । विभागले जारी गरेको सूचनाअनुसार ट्रेडमार्क नक्कल गरेका र लिखित जवाफ माग गरिएका स्वदेशी कम्पनीमा किङ्सवुड कलर, सूर्य फुड एण्ड बेभरेज, बारा फुड एण्ड बेभरेज, एएनसी इभेन्ट म्यानेजमेन्ट, पाठक खाद्य मसला उद्योग, नेपाल फुड प्रोसेसिङ एण्ड प्याकेजिङ लगायत उद्योग छन् ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बसुन्धाराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई बसुन्धाराको ‘द डालो रेष्ट्रोे’मा विशेष छुट हुने भएको छ। बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन रेस्टुरेन्टसँग ‘फुड एण्ड बेभरेज’मा १०...

फुड एण्ड बेभरेज मेला सुरु

काठमाडौं । राजधानीमा फुड एण्ड बेभरेज तथा आतिथ्य मेला सुरु भएको छ । हाउस अफ राजकर्णिकार एक्जिविसन एण्ड इभेन्ट्सको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी गृहमा सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ सुरु भएको हो । एक्सपो खाद्य, पेय पदार्थ तथा आतिथ्यमा केन्द्रित छ । नेपालमा यस क्षेत्रको प्रवद्र्धनकालागि मान्यताप्राप्त एकमात्र एक्सपो दाबी गरिएको प्रदर्शनी आगामी […]

कुमारी बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन् । सेवामा छुट दिनेसम्बन्धी सम्झौता पत्रमा बैंक र होटलबीच हस्ताक्षर भएको छ । सो होटलबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा फुड एण्ड बेभरेज र रूम शुल्कमा १५ […]

नेपालीरिका होटेलमा नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई छूट

काठमाडौं (अस) । नेपाल बङ्गलादेश बैंकका ग्राहकले नेपालीरिका होटेलमा छूट पाउने भएका छन् । डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । नेपाल बङ्गलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुुक्तानी प्रणाली लगायतबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट पाइने बैंकले जानकारी दिएको छ । सम्झौता अनुसार फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रूम सेवामा १५ प्रतिशतको नगद छूट प्रदान गरिने बैंकको भनाइ छ । साथै, होटलले विषेश छूट प्रदान गरी ९९ हजार ९९९ रुपैयाँमा वार्षिक सदस्यता दिने पनि बताएको छ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रूम, निःशुल्क स्विमिङ पुल, निःशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुुरेन्टहरूमा १० प्रतिशतको छूट प्राप्त गर्न सकिने बताइएको छ ।

उद्योगमैत्री औद्योगिक नीति बनाउन माग

चितवन । चितवनका उद्योगीहरूले औद्योगिक नीति परिमार्जन गरी उद्योगमैत्री बनाउन माग गरेका छन् । भरतपुरमा शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरूसँग गरेको अन्तरक्रियामा कच्चापदार्थ आयातमा भन्सार शुल्क घटाउनुपर्ने र आयात घटाई स्वदेशी उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । चितवन उद्योग संघका पूर्वअध्यक्ष हरिप्रसाद सुवेदीले ऐनमा उद्योगको परिभाषा नै नभएको भन्दै औद्योगिक नीति व्यावहारिक बनाइनुपर्ने बताए । यस्तै रिजाल फुड एण्ड बेभरेज प्रालिका अध्यक्ष पुरुषोत्तम रिजालले कच्चापदार्थ आयात गर्दा उद्योगीले सामान झारेपछि फर्किएको रित्तो कन्टेनरको समेत भाडा तिर्दा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकिएको गुनासो गरे । उद्योगी गणेश उप्रेतीले नीति कार्यान्वयन पारदर्शी हुनुपर्नेमा जोड दिए । उद्योगको नीतिगत सुधार अपरिहार्य भएको भन्दै उनले साना उद्योग र ठूला उद्योगलाई करको दरमा न्यूनतम ५ प्रतिशतको अन्तर हुनुपर्ने बताए । पोल्ट्री व्यवसायी महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको अण्डा र मासुमा देश आत्मनिर्भर भए पनि कच्चा पदार्थमा भने परनिर्भरता बढ्दै गएको बताए । ‘पोल्ट्री क्षेत्रमा डेढ सय अर्ब लगानी छ, ५ लाखले रोजगारी पाएका छन्,’ उनले भने, ‘तर धान प्रतिकेजी १६ रुपैयाँमा बेचेर ढुटो प्रतिकेजी ३५ मा आयात गर्नुपर्ने बाध्यता छ ।’ नेपाल कपास उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्दना कोइरालाले अवैधानिक रूपमा सञ्चालित घुम्ती उद्योगलाई बन्द गर्नुपर्ने बताइन् । उद्योग संघ, मकवानपुरका अध्यक्ष लेखाराम पोख्रेलले नीति बनाउन अन्तरविभागीय समन्वयको नै अभाव भएको औंल्याए । नवलपुर उद्योग संघका अध्यक्ष केवी रानाले आयात प्रतिस्थापनका लागि कच्चापदार्थमै देश आत्मनिर्भर हुनुपर्ने बताए । आत्मनिर्भर भएका वस्तु निर्यात गर्न सहजीकरण गर्नुपर्ने, स्थानीय करलाई घटाउनुपर्ने र बजार सुरक्षित गर्नुपर्नेमा उनले जोड दिए । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले नेताहरूले भाषणमा औद्योगिक क्रान्ति ल्याउनुपर्ने बताए पनि व्यवहार र बजेटमा भने उद्योगलाई न्यून प्राथमिकतामा राखिएको बताए । अन्तरक्रियामा उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले उद्योगीहरूको राय सल्लाह बमोजिम नै औद्योगिक नीति परिमार्जन हुने बताए । बजेट र मौद्रिक नीतिमा कतिपय नीति समावेश हुँदै गएको र कार्यान्वयनको चरणमा गएको उनको भनाइ छ । उद्योगीहरूले राखेका जायज माग सरकारले सम्बोधन गर्ने भन्दै भुसालले अन्तरमन्त्रालय र विभागबीच छलफल भइरहेको बताए । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेरेलले सरकारले समयानुकूल नीति परिर्वतन, परिमार्जन गर्दै लगिने बताए । ‘हामीसँग समस्या धेरै छन्, तर साधनस्रोत कम छ । निजीक्षेत्रसँगको सहकार्य र समन्वयमा अघि बढ्छौं,’ उनले भने । औद्योगिक सुरक्षा र लगानीको सुरक्षामा सरकार केन्द्रित रहने उनको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव नारायणप्रसाद ढुंगाना, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव डा. सिन्धुप्रसाद ढुंगाना, उद्योग परिसंघ बागमतीका अध्यक्ष ऋषिराम घिमिरे लगायतको सहभागिता थियो ।

पोख्रेली ब्राण्ड पिउरो अब काठमाडौको बजारमा

गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरो काठमाडौ उपत्यकामा पनि बिक्री सुरु भएको छ । ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ ।उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा ‘प्रोडक्ट लन्चिङ’ गरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि […]