रूपन्देहीको सिद्धार्थनगर–४ का १९ वर्षीय साविर अली वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान भाषा कक्षा लिन चाहन्थे । नागरिकता नभएका कारणले उनले कोरियन भाषा कक्षा लिन पाएनन् । नेपालमै जन्मे, हुर्के र पढे पनि नागरिकता नभएकै कारणले भाषा कक्षालगायत अन्य विभिन्न अवसर गुमाउनुपर्दा उनी दुःखी थिए ।